logo
२०८१ असोज ७ सोमवार



टिप्परको ठक्करबाट जन्त हिँडेका दुई बालिकाको मृत्यु

फिचर |
प्रदेश |


टिप्परको ठक्करबाट जन्त हिँडेका दुई बालिकाको मृत्यु
सांकेतिक तस्बीर


दीपक ज्ञवाली
बुटवल,बैशाख १२ गते । रुपन्देहीमा टिप्परको ठक्करबाट जन्तीजान हिडेका दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । लु १ ख ६०६४ नम्बरको टिप्परले सिद्धार्थ राजमार्ग अन्तरगततिलोत्तमा–१५ कोटिहवामा ३ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट लु १ ख ९६८५नम्बरको बसमा सवार तिलोत्तमा १५ कि १० वर्षे सरस्वती हरीजन र ८ वर्षे कीगंगा हरिजनको मृत्यु भएको प्रहरीले बताएको छ । बसमा सवार अन्य ५ जना घाइते भएको प्रहरीले बताएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकादुबै जनाको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा मृत्युु भएको जिल्लाप्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवाबाट बुटवल तर्फ आउदै गरेको टिप्परले तिलोत्तमा–१५ कोटिहवामा बुटवल तर्फ नै आउदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?