logo
२०८१ मंसिर १२ बुधवार



गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना सङ्क्रमण पुष्टि

फिचर |
पढ्नै पर्ने |


गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना सङ्क्रमण  पुष्टि


तारा चापागाई
कास्की, वैशाख १५ गते । गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना सङ्क्रमण देखिएको छ । मङ्गलबार स्वाव सङ्कलन गरिएका सांसदहरुमध्ये ३ जना सांसदलाइ कोरोना सङ्क्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद विन्शु शर्माले जानकारी दिनुभयो । “ तीन जनालाइ कोरोना सङ्क्रमण देखिएको छ अहिले नाम सार्वजनिक गर्न मिल्दैन् उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सभाको मङ्गलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमालेका सांसदहरुले कोरोनाको महामारी फैलिएको अवस्थामा कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् । सांसद राजीव पहारीले कोरोना परीक्षणविना बैठक राखिन नहुने तर्क राख्नुभएको थियो ।
सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मङ्गलबार नै कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । कोरोना परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो । बुधबार सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी सदन बोलाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?