logo
२०८१ मंसिर ११ मंगलवार



बाग्मतीमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्री थप  

फिचर |
प्रदेश |


बाग्मतीमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्री थप  


बाग्मती, वैशाख १५ गते । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पौडेलले नेकपा(एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 नवनियुक्त मन्त्रीले केहीबेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहनुभएका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त थिए ।

 वनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । यसैगरी राज्यमन्त्री डा. रामकुमार अधिकारीले पनि आजै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?