logo
२०८१ मंसिर ११ मंगलवार



२ सय ८८ स्वाव नमुना परीक्षण गर्दा १ सय ६९ मा संक्रमण पुष्टि

फिचर |
प्रदेश |


२ सय ८८ स्वाव नमुना परीक्षण गर्दा १ सय ६९ मा संक्रमण पुष्टि


दिपकप्रसाद गौतम
वीरगञ्ज , बैशाख १६ गते । वीरगञ्जको नारायणी अस्पतालमा बुधबार राती सम्म गरिएका २ सय ८८ जनाको स्वाब नमुना परीक्षण गर्दा १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका कोरोना संयोजक डा. सरोजरोशन दासका अनुसार बुधबार राती अबेरसम्म परिक्षण गरिएकाले विहीबार सार्वजनिक गरिएको परिक्षण रिर्पोटमा १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका नयाँ संक्रमितमध्ये १४० जना पर्साका २४ जना बाराका, ३ जना रौतहट र एक-एक जना दैलेख र सर्लाहीका रहेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएदेखि नारायणी अस्पतालमा गरिएका स्वाव परिक्षणमा एकै दिन सबैभन्दा बढी संख्यामा संक्रमित फेला परेको बुधबार नै हो । वीरगञ्जमा चैत २७ गतेदेखि बैशाख १५ बुधबार सम्म गरिएका परिक्षणबाट १ हजार ५ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । चैत २७ देखि बैशाख १५ सम्मको अवधीमा २ हजार ८ सय ४६ जनाको परीक्षण गर्दा आधा भन्दा बढि अर्थात १ हजार ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिनु भयो ।

बुधबार नै कोरोनाको दोस्रो लहर सुरु भएदेखि एकै दिन मृत्यु हुने संक्रमित सबैभन्दा बढी रहेको थियो । वीरगञ्जमा बुधबार मात्रै थप ५ जना कोरोना संक्रमितहरुको उपचारकोक्रममा मृत्यु भएको हो । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ३ जना महिला र २ जना पुरुष गरी ५ जना संक्रमितको उपचारकोक्रममा बुधबार मृत्यु भएको हो ।

सर्लाहीको धनकौल गाउँपालिका ४ का ४३ वर्षीय पुरुषको बुधबार बिहान पौने २ बजे , बाराको सुवर्ण गाउँपालिका–७ की ३० वर्षीया महिलाको बुधबार बिहान सवा १२ बजे , वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ की ६० वर्षीया महिलाको बिहान १० बजे , रौतहट जिल्ला राजवराका ५० वर्षिय महिलाको बुधबार दिउँसो पौने २ बजे र वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ वर्षिय पुरुष संक्रमितको उपचारको क्रममा बुधबार दिउँसो साढे २ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणको दोश्रो लहर शुरु भए यता वीरगञ्जका बिभिन्न अस्पतालमा उपचाररत २३ जना संक्रमितहरुको मृत्यु भइसकेको छ । वीरगञ्जमा संक्रमण र मृत्यु दर दुवै बढ्दै गएपछि पर्सा जिल्लाभर बैशाख १६ गते बिहीबारदेखि बैशाख २२ गतेसम्म एक साताका लागि निषेधाज्ञा लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?