logo
२०८१ मंसिर ११ मंगलवार



जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त

फिचर |
प्रदेश |


जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त


छवी पाण्डे
बुटवल, बैशाख १६ गते । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त हुनुभएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

सन्तोषकुमार पाण्डे रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुनुहुन्छ । प्रदेशसभा सचिवालयले विहिवार सूचना प्रकाशित गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको पत्र जसपा लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभामा दर्ता गरेको र सोही पत्र बमोजिम सांसदहरु पदमुक्त भएको उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले गएको वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार पाण्डे, विजयवहादुर यादव र सुमन रायमाझीले पनि हस्ताक्षर गर्नुभएको थियो ।

जसपाकै अर्की सांसद कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएको थिएन । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको चार घण्टा नवित्दै जसपाका सांसदहरु लुम्विनी प्रदेशको मन्त्री पदमा नियुक्त हुनुभएको थियो ।
उहाँहरुमध्ये तीनजना मन्त्री र सुमन रायमाझी राज्यमन्त्रीमा बैशाख ६ गते नै नियुक्त भैसक्नुभएको छ ।

उता जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती जारी गरी चारजना सांसदलाई कारवाही नगरिएको भन्दै विहिवार नै विज्ञप्ती जारी गर्नुभएको छ । जसपाको केन्द्रिय तहमा देखिएको आन्तरिक विवादको उत्कर्ष लुम्विनी प्रदेश सभासम्म आईपुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?