logo
२०८१ असोज ७ सोमवार



बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

फिचर |
पढ्नै पर्ने |


बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही


गाेरखापत्र अनलाइन

काठमाडौँ, वैशाख १९ गते ।  दोव्वर मूल्यमा मास्क विक्री गर्ने काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाईन सर्जिकल सप्लायर्स कम्पनीलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपियाँ जरिवानासहित कारवाही गरेको छ । आइतबार बजार अनुगमनका क्रममा मास्कको मूल्य दोब्बर लिएको पाएपछि उक्त सप्लायर्स कारवाही गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

सप्लायर्सले प्रति पिस ४ रुपियाँ ४६ पैसामा थोक खरिद गरेको डिस्पोजेबल सर्जिकल मास्क ८ रुपियाँ ३८ पैसामा बिक्री गरेको अनुगमनका क्रममा भेटिए छि कारवाही गरेको पौडेलले बताउनुभयो । सप्लायर्सलाई उपभोक्ता संरक्षण एेन २०७५ को दफा १६ दुईको क विपरीत अनुचित व्यापारिक क्रियाकलाप गरी कसुर गरेको भन्दै जरिवानासहित कारवाही गरेको विभागले जनाएको छ ।
निषेधज्ञाको समयमा बजारमा कालोवजारी गर्ने र अत्यावस्यक खाद्यवस्तु लगायतका सामाग्रीमा कृत्रिम अभाव सिर्जना गर्ने सप्लायर्स, कम्पनी तथा पसलहरुमा कडाइका साथ अनुगमन गरी कारवाही अघि बडाएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?