logo
२०८१ असोज ७ सोमवार



राजविराजमा २५ बेडको सुुविधासम्पन्न कोभिड–१९ अस्पताल सञ्चालन

फिचर |
प्रदेश |


राजविराजमा २५ बेडको सुुविधासम्पन्न कोभिड–१९ अस्पताल सञ्चालन
राजविराजमा सञ्चालनमा ल्याएको कोभिड–१९ अस्पताल । तस्विरः धीरेन्द्रप्रसाद साह-राजविराज


धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख १९ गते । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबारबाट अत्याधुनिक सुविधासहितको २५ शैय्या (बेड)को कोभिड–१९ अस्पताल सञ्चालन भएको छ ।
कोरोना भाइरस सङ्क्रमितको उपचारको लागि अस्पतालको परिसर भित्रै एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) कक्षको निर्माण गरी सो अस्पताल सञ्चालनमा ल्याएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिनुभयो ।

कोभिड–१९ अस्पतालको एचडीयुलाई तीन कक्षमा वर्गीकरण गरी उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । जेनेरल एचडीयुमा १४, आइसीयुमा सात र भेन्टिलेटरमा चार वटा बेडको व्यवस्थापन गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

कोभिड अस्पतालमा जटिल प्रकृतिका कोरोना संक्रमित विरामीको उपचार गर्न सकिने जनशक्ति तथा स्वास्थ्य उपकरण रहेको निमित मेसु डा. झाले कोरोनाका सामान्य संक्रमित विरामीको प्रारम्भिक उपचारको लागि प्रिआइसोलेशन कक्षको पनि व्यवस्था मिलाइएको बताउनुभयो ।

जिल्लामा प्रत्येक दिन कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक मात्रामा थपिदै गएको छ । तर, राजविराजमा अहिलेसम्म आइसोलेशन कक्ष सञ्चालनमा आएको छैन । जनशक्ति र शुन्य बजेटका कारण आइसोलेशन सेन्टर सञ्चालन गर्न असमर्थ रहेको डा. झाले भन्नुभयो, जिल्ला संकट व्यवस्थापन केन्द्रले तीन दिनभित्र साईकृष्ण मेडिकल कलेज भवनमा आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । तर, हामीसँग बजेट छैन । स्थानीय तह, प्रदेश र संघबाट बजेट र जनशक्ति सपोर्ट भएमा त्यहाँ बढीमा ३० बेडको आइसोलेशन मात्र सञ्चालन गर्न सकिने बताउनुभयो ।

सपोर्टको लागि लिखित आग्रह गरिसकेका छौ । सायद तुरुन्त रिपोन्स हुन्छ भने मलाई विश्वास छ ।कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि अहिलेसम्म शून्य बजेट रहेको भए पनि अन्य शीर्षकबाट बजेट रकम रकमान्तरण गरेर आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गरिएको डा. झाको कथन छ ।

जिल्लामा आइतबार १२ जनाको कोरोना परीक्षणको रिपोर्टमा नौ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । कोरोनाको दोस्रो लहरपछि जिल्लामा ८२ जना सक्रिय सङ्क्रमित  छन । यससँगै कोरोनाको कुल सङ्क्रमित  एक हजार ९०६ पुगेको छ । हालसम्म २१ हजार ४०७ जनाको परीक्षण गरिएकोमा १९ हजार ५५८ जनामा नेगेटिभ भेटिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?