logo
२०८१ असोज ७ सोमवार



पर्यटनमन्त्री ढकाल र उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण

फिचर |
स्वास्थ्य |


पर्यटनमन्त्री  ढकाल र उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण


गाेरखापत्र अनलाइन

काठमाडौं, बैशाख १९ गते । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानु भक्त ढकाल र उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालले सामाजिक संजाल फेसबुक मार्फत उक्त कुराको जानकारी गराउनु भएको हो । आज गरिएको परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको हो ।

हाल आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमा आराम गरिरहेको मन्त्री ढकालले जानकारी गराउनु भएको छ । साथै उहाँले आफूहरुसंग सम्पर्कमा आउनुभएका सवैलाई आवश्यक सावधानी र सजगता अपनाउन समेत आग्रह गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?