logo
२०८१ असोज ७ सोमवार



बुटवलमा उपचाररत छ जना कोरोना सङ्क्रमितको मृत्यु

फिचर |
पढ्नै पर्ने |


बुटवलमा उपचाररत छ जना कोरोना सङ्क्रमितको मृत्यु


छवि पाण्डे
बुटवल, वैशाख २० गते । बुटवलको कोरोना अस्थायी अस्पतालमा उपचाररत छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष र बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै अर्घाखाँचीको धातिबाङका ७५ वर्षीय पुरुष, कपिलवस्तुको शिवराज ७ का ४३ वर्षीय पुरुष र सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि शनिवार बुटवलस्थित कोरोना अस्पतालमा नवलपरासी पश्चिमका दुई कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?