logo
२०८१ असोज ६ आईतवार



कोरोना कहरः एकाघरका तीन दाजुभाइको मृत्यु   

फिचर |
स्वास्थ्य |


कोरोना कहरः एकाघरका तीन दाजुभाइको मृत्यु   
सांकेतिक


   भेषराज बस्नेत,

 राँझा, वैशाख २४ गते । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद छन् ।    
    
 जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । सात दाजुभाइमध्ये जहीर कान्छा , एजाज राइँलो र इम्तियाज काइँलो हुन् ।    
    
उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आउनु भएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताउनुभयो ।    
    
बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?