logo
२०८१ असोज ६ आईतवार



गण्डकीमा एघार जना कोरोना संक्रमितको मृत्यु

फिचर |
पढ्नै पर्ने |
प्रदेश |


गण्डकीमा एघार जना कोरोना संक्रमितको मृत्यु


तारा चापागाई
पोखरा, वैैशाख २६ गते । पोखरामा आज एघार जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार कास्कीका ६ जना सहित प्रदेशभर ११ जनाको मृत्यु भएको हो । दैनिक मृत्यु हुनेको यो संख्या गण्डकी प्रदेशको अहिलेसम्मकै उच्च हो ।
संक्रमणबाट मृत्यु हुनेमा पोखरा १७ का ५३ बर्षीय एक पुरुष, पोखरा ९ की ३१ बर्षीय एक महिला, पोखरा २ की ५८ बर्षीय एक महिला, पोखरा १९ का ५८ बर्षीय एक पुरुष, पोखरा १२ की ३५ बर्षीय एक महिला रहेका छन् ।
त्यस्तै पर्वत कुश्मा नगरपालिका १३ का ४२ बर्षीय एक पुरुष, रुपन्देही सिद्धार्थनगरपालिका ८ का ६० बर्षीय एक पुरुष, स्याङ्जा वालिङ नगरपालिका ३ का ४५ बर्षीय एक पुरुष, म्याग्दी मालिका गाउँपालिका ५ का ५८ बर्षीय एक पुरुष र स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० बर्षीय एक महिलाको संक्रमणबाट ज्यान गएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ६२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?