logo
२०८१ असोज ६ आईतवार



विकासले फड्को मार्योः बेड खोज्दै बिरामी जुम्ला आउन थाले

फिचर |
पढ्नै पर्ने |


विकासले फड्को मार्योः बेड खोज्दै बिरामी जुम्ला आउन थाले


नेत्र शाही
जुम्ला (खलङ्गा) वैशाख २६ गते । गत वैशाख १८ गते ९८४९६२७२५४ नम्बरमा फोन आयो, त्यहाँ जुम्लामा बेड छ कि नाई ? बेड छ, कताबाट हो, प्रतिष्ठानको उत्तर थियो । सुर्खेतबाट हामी बेड नपाएर भौंतारिहरेका छौ । फोनमा कुराकानी मिलेपछि उनिहरु एका एक जुम्ला आए । आएर प्रतिष्ठानको वेडमा भर्ना गरेर उपचार भयो । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भेन्टिलेटरमा भर्ना भई उपचार गरेका उनीहरु सन्चो भएर घर फर्किएका छन् ।
अहिले अन्य ठाउँमा अक्सिजन अभावमा बिरामी भौंतारी रहेको समयमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जिल्ला वाहिरका विरामीलाई समेत साहारा दिईरहेको छ ।
सुर्खेतबाट जुम्ला आएका दुई जना बिरामी सञ्चो भएर फर्किएका छन् । कर्णाली प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर राजिव शाहले शुरुमा आउँदा कठिन थियो तर अहिले उहाँहरु कोरोना जितेर घर फर्किनु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सिजन आवश्यक पर्ने उहाँहरु सँगै १२ जनाले कोरोना जितेर घर फर्किसकिएका छन् । अन्य जुम्ला जिल्लाका हुनुहुन्छ । केहीको उपचार भइरहेको छ ।
उहाँले अक्सिजन आवश्यक रहेका विरामी मात्रै अव प्रतिष्ठानमा राख्ने गरेका र प्रतिष्ठानको टिम रातदिन खटिरहेको जानकारी दिनुभयो ।

सञ्चो भएपछि खुशीः
कोरोना जितेर घर फकिएपछि बिरामीले खुशी व्यक्त गरेका छन् । जुम्ला सिञ्जा गाउँपालिका १ ठेगाना भई अस्थायी रुपमा सुर्खेत बस्दै गरेका सुरेन्द्र खत्रीले कर्णाली प्रतिष्ठानले आफु र आफ्नो आमाको ज्यान जोगाएकोमा धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभयो । उहाँले जुम्लाको सेवा राम्रो लागेको बताउनुभयो । डाक्टरले निरन्तर लिएको परामर्श र नर्सले खुवाएको औषधिले आफू र आफ्नो आमाको ज्यान जोगिएको बताउनुभयो र वैशाख १९ गते अस्पतालमा भर्ना भएका आफुहरु पूर्ण सन्चो भएर घर फर्किएको भन्दै खुशी व्यक्त गर्नुभयो । खत्रीले आफ्नो अनुभवमा कोरोनाको बिरामी जुम्ला सन्चो नँए काही नहुने दावी गर्नुभयो । उहाँले प्रतिष्ठानको क्यान्टिनमा दिदी भिनाले संचालन गर्नुभएको छ । त्यहीबाट समन्वय पनि भएको जानकारी दिनुभयो ।

जुम्ला आउन होडवाजीः
डा. शाहका अनुसार कर्णाली बाहिरबाट पनि अन्य बिरामी जुम्ला आउने बिषयमा कुराकानी भईरहेको बताउनुभएको छ । अस्ति पोखरा, धनगढी र दाङबाट वेड खाली छनकी ? भनेर फोन आएको थियो । एक जनाले त हेलिकोप्टरबाटै विरामी ल्याउछौ भन्नु भएको थियो । पछि कित मौसम राम्रो भएन कि वेड पाईयो होला कुरा नभएको उहाँले गोरखापत्र दैनिक सँग भन्नुभयो ।
अझै कर्णालीको राकमबाट बिरामी आउन थालेका तर जुम्ला आईनपुगेका प्रतिष्ठानले जनाएको छ । अहिले कर्णाली प्रदेश भन्दा बाहिर पनि बिरामीका आफन्त जुम्लामा उपचार राम्रो छ र बेड पनि व्यवस्थापन भएको अवस्थामा कर्णाली सम्झिरहेका छन् ।

विकासले फड्को मार्याेः स्थानीय
पहिले यहाँका विरामी नेपालगंज काठमाण्डौ गएर उपचार गर्थे तर अहिले वाहिरका बिरामी यहाँ उपचार गर्न आउन थालेपछि यहाँको विकास मोडल फेरिदै गएको स्थानीयको भनाइ छ । स्थानीय सुलोचना हितानका अनुसार पहिला सामान्य हात भाचिएपनि महँगो खर्च तिरेर नेपालगंज गएको स्मरण गर्नुभयो । उहाँले अहिले घर नजिकै ठूलो अस्पताल स्थापना भएकाले सजिलो भएको बताउनुभयो । जुम्लाले संकटको समयमा नेपालगंजलाई जनशक्ति दिईरहेको सुन्दा जुम्लावासीहरु हर्षित छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान राज्यले दिएको ठूलो बरदान र कोशेढुंगा सावित भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो । उहाँले अव यस वेला के अभाव छ त्यो सहयोग गरेर अक्सिजन उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । अहिले प्रतिष्ठानको १० वेडमा सिधै अक्सिजन जान्छ तर अक्सिजन प्लान्ट भने बत्ति अभाव र बु्रसर मेशिन खरिद पहल भईरहेको प्रतिष्ठानले जनाएको छ ।

अहिले प्रतिष्ठानको आइसाेलेशनमा १८ जना बिरामी रहेका अस्पतालको तथ्यांकमा रहेको छ । दोस्रो चरणको लहरमा भने ८९ जना जुम्लामा संक्रमण भएका प्रतिष्ठानका तथ्यांक विभाग प्रमुख मेघराज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार ४ जना प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । प्रतिष्ठानको तथ्यांक अनुसार गत बर्ष देखी हालसम्म प्रतिष्ठानले २८ हजार सात सय ४४ जनाको पिसिआर परीक्षण गरिसकेको छ । यसैले अव प्रतिष्ठानले जुम्ला आउ स्वस्थ्य बनेर जाउ भन्ने नारा सावित गर्न थालेको छ । प्रतिष्ठान स्थापनाको समयमा सो नारा शुरु सावित हुन थालेको सरोकारवालाहरु बताउछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?