logo
२०८१ असोज ६ आईतवार



गुल्मीमा कोरोना सङ्क्रमणका कारण एक शिक्षकको मृत्यु

फिचर |
पढ्नै पर्ने |


गुल्मीमा कोरोना सङ्क्रमणका कारण एक शिक्षकको मृत्यु
सांकेतिक तस्बिर


तिलाचन पाण्डे
तम्घास, वैशाख २९ गते । गुल्मीमा कोरोना सङ्क्रमणका कारण एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ का ५५ बर्षका शिक्षकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा गए राती मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।
उहाँमा २० गते कोरोना पोजेटिभ देखिएको र २४ गते थप उपचारका लागि चितवन पठाइएको थियो । उहाँ महेन्द्र आदर्श माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो ।

गुल्मीमा कोरोना सङ्क्रमणका कारण २८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अहिले ६४० जना सक्रिय सङ्क्रमित रहेको र आजसम्म १०४ जना सङ्क्रमित उपचार छि निको भएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?