logo
२०८१ असोज ६ आईतवार



कनकाई नगरप्रमुख जो सङ्क्रमितको घरघरमा डाक्टर र अक्सिजन लिएर जान्छन्

फिचर |
पढ्नै पर्ने |


कनकाई नगरप्रमुख जो सङ्क्रमितको घरघरमा डाक्टर र अक्सिजन लिएर जान्छन्


लीलाराज खड्का
बिर्तामोड, वैशाख २९ गते । देशमा कोरोना सङ्क्रमणबाट नागरिकहरु आक्रान्त बनिरहेको बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भने नगरका कोभिडका बिरामीहरुको घरघरमा चिकित्सक, आवश्यक अक्सिजन र औषधि लिएर जाने गर्नुभएको छ ।
नगरप्रमुख पोखरेलले बुधबार मात्रै अत्यावश्यक पर्ने ३ परिवारमा अक्सिजन पुर्याएको र नगरपालिकाले राखेको डाक्टर अभिषेक नायकबाट आवश्यक स्वास्थ्य परामर्श  गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
हाल नगरपालिकाले कोभिडका बिरामीलाई लक्षित गरेर २० बेडको आइसोलेशन वार्ड समेत संचालनमा ल्याएको छ । नगरपालिकाभित्रका बिरामीहरुलाई आवश्यक पर्दा नगरको आइसोलेशन वार्डमा ल्याइने र त्यहाँ पनि समस्या भएमा थप उपचारका लागि प्रदेश नम्बर एकको जुनसुक्कै अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाइएको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । यसका लागि नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।
हाल कनकाई नगरपालकिा भित्र १६० जना सक्रिय कोरोना सङ्क्रमित छन् । नगर अस्पतालमा कार्यरत डाक्डर अभिषेक नायकलाई नगरपालकिाले कोभडिको बिरामीलाई परामर्स र उपचारको लागि कामगर्न जिम्मेवारी तोकिएको र डाक्टरले २४ औ घण्टा टेलिफोन र बिरामीसँग प्रत्यक्ष भेट गरेरै आवश्यक परामर्श र चिकित्सकीय सेवा प्रदान गर्ने कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउनुभयो ।
हाल २० जना विरामीलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन गरेको र आवश्यक पर्दा थप गर्दै जाने अधिकारीले बताउनुभयो ।

बुधबारबाटै कोरोना बिरामीहरुको उपचारका लागि २४ सैँ घण्टा सेवा दिनेगरि विशेष स्वास्थ्य उद्धार टिमको समेत नगरपालिकाले तयार गरिसकेको नगरप्रमुख पोखरेलले बताउनुभयो । आफु कोरोनाका कारण थलिएको वेलामा नगरप्रमुख आफैँ औषधि र अक्सिजन लिएर घरमा आइपुगेको एक कनकाई नगरपलिका १ का उप्रेती थरका कोरोना संक्रमितले बताउँनुभयो । डाक्टरसहित आउनुभएका नगरप्रमुखले थप समस्या हुँदा सम्पर्क गर्नुपर्ने नम्बरसमेत दिनुभएको छ भने मलाई अक्सिजन समेत छाडेर जानुभएको छ अन्यत्रको समाचार हेर्दा मर्छु कि जस्तो लागेको थियो तर नगरप्रमुखको यो व्यावहारले मलाई थप बल पुगेको छ कोरोना सङ्क्रमितले भन्नुभयो । अहिलेको प्रमुख प्राथमिकतानै नगरवासीलाई कोरोनाबाट बचाउनु रहेकोले सबै विकास निर्माण लगायातमा भन्दा नगरपालिकाले नागरिकको स्वास्थमा ध्यान केन्द्रित गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?