logo
२०८१ असोज ६ आईतवार



उपप्रधानमन्त्री पोखरेलसँग उपत्यका मेयर फोरमका पदाधिकारीहरुको छलफल

फिचर |
प्रदेश |


उपप्रधानमन्त्री पोखरेलसँग उपत्यका मेयर फोरमका पदाधिकारीहरुको छलफल


गोरखापत्र अनलाइन

काठमाडौं, बैशाख ३० गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गर्नुभयो ।

मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहल लिने प्रतिवद्धता जनाएको छ ।

राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उहाँले बताउनुभयो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ समेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहनुभएका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको सहभागिता रहेको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?