logo
२०८१ मंसिर १० सोमवार



देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने

फिचर |
प्रदेश |


देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने


काठमाडौँ, जेठ  ५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिनुभयो ।

ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउनेछन् । प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा छ अस्पताल छन् । ती अस्पतालमा सङ्क्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?