logo
२०८१ असोज ६ आईतवार



एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

फिचर |
पढ्नै पर्ने |


एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत


काठमाडौँ, जेठ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनः नियुक्त हुनुभएका डा. पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि डा. कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो । शपथ ग्रहणपछि डा. कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गर्नुभएको उहाँका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?