logo
२०८१ असोज ६ आईतवार



सङ्क्रमणमुक्त हुनुभयो ९१ वर्षीया उपप्रमुख कार्की

फिचर |
प्रदेश |


सङ्क्रमणमुक्त हुनुभयो ९१ वर्षीया उपप्रमुख कार्की
 डिस्चार्जपछि ९१ वर्षिय उपमेयर शान्ति कार्की तस्बिर


दिपकप्रसाद गौतम
वीरगञ्ज , जेठ ६ गते । वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख ९१ वर्षीया शान्ति कार्कीले १६औँ दिनमा कोरोनालाई पराजित गर्दै सङ्क्रमणमुक्त हुनु भएको छ । वैशाख २० गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइृसोलेसनमा बस्नुभएकी वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख ९१ वर्षीया शान्ति कार्की वीरगञ्ज महानगरपालिकाले वैशाख २४ देखि सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो भने बुधबार स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उहाँ सङ्क्ररमण मुक्त हुनुभएको हो ।

बुधबार साँझ कोरोना परीक्षण रिपाेर्ट नेगेटीभ आएपछि बिहीबार बिहान वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला कोरोनालाई जित्नु भएकी उपप्रमुख कार्कीलाई लिन वीरगञ्ज महानगरपालिकाले घडिअर्वा पोखरीनजिकै रहेको गोपाल मण्डलीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताल तथा आइसोलेसन सेन्टर पुग्नुभएको थियो ।
उपप्रमुख कार्कीका स्वकीय सचिव विजय पौडेलका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा वैशाख १७ मा घरमै अक्सिजन दिइएको थियो ।

भोलिपल्ट नै सिलिन्डर हटाइयो । स्वास्थ्यमा समस्या नदेखिए पनि कोरोना सङ्क्रमणकै कारण अक्सिजन कमी भएको हो कि भनेर वैशाख २० गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा २१ गतेको परिक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

सङक्रमण पुष्टि भए पनि होम आइसोलेसन रहनुभएकी उपप्रमुख कार्की वैशाख २४ गते महानगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा पहिलो सङ्क्रमितको रुपमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो ।

म पहिले जस्तो थिएँ, अहिले पनि त्यस्तै महसुस गर्दैछु उच्च मनोबल र दृढ इच्छाशक्ति भएमा कोरोनाले केही गर्न सक्दैन उपप्रमुख कार्कीले भन्नुभयो ।‘मेरो मनमा यत्ति मात्र थियो, कोरोनाले मलाई होइन, मैले नै कोरोनालाई पछारेरै छाड्छु । त्यही साहसले मैले कोरोनालाई हराएँ ।’ उहाँले भन्नुभयो ।

९१ वर्षीया उपप्रमुख कार्की भन्नुहुन्छ ‘यो धर्तीमा जन्म लिएपछि एक न एक दिन मर्नैपर्छ, कोरोना लाग्यो अब त म मरिहाल्छु भनेर मनमा डर राख्ने होइन, मैले कोरोनालाई जसरी भए पनि हराउनैपर्छ भन्ने सङ्कल्प लिनुपर्छ, अवश्य निको भइन्छ । ’

महानगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्जपछि ९१ वर्षीया उपप्रमुख कार्की माइस्थानस्थित भाउजू राधा कार्कीको घरमा जानुभएको छ । त्यहीँ रहेर उपप्रमुख कार्की केही दिन आराम गर्ने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?