logo
२०८१ असोज ६ आईतवार



काठमाडौं उपत्यकामा तीन हजार २३२ नयाँ संक्रमित थपिए

फिचर |
स्वास्थ्य |


काठमाडौं उपत्यकामा तीन हजार २३२ नयाँ  संक्रमित थपिए
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ जेठ ६ गते । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६ सय जना, ललितपुरमा ४०३ जना र भक्तपुरमा २२९ जना संक्रमितको पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३८९ रहेका छन् । कुल एक लाख ४६ हजार २८६ निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३ निको भएका छन् ।

यस्तै २६२ को मृत्यु भएको छ । ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?