logo
२०८१ असोज ६ आईतवार



तीन भारतीय सहित सातजनाले ल्होत्से हिमाल आरोहण गरे

फिचर |
पढ्नै पर्ने |
पर्यटन |


तीन भारतीय सहित सातजनाले ल्होत्से हिमाल आरोहण गरे


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ९ गते । ल्होत्से हिमाल ९८,५१६ मिटर० को तीन भारतीय आरोही र चार नेपाली गरी सातजनाले आरोहण गरेको छ । आज (आइतबार) विहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म यी आरोहीहरुले हिमाल आरोहण सम्पन्न गरेको आयोेजक एजेन्सी सेभेन समिट ट्रेकका आधारशिविर मेनेजर टासिलाक्पा शेर्पाले जानकारी दिनुभयो ।
आरोहण गर्नेमा भारतीय आरोही रतन सिंह सोनाल, सुमित सोम्रा, सुरेश छेत्री रहेका छन भने त्यसैगरी संखुवासभाका निमा शेर्पा, पास्तेम्बा शेर्पा, लाक्पा शेर्पा, मिङतेन्जी शेर्पा रहेका छन् । दश दिन अघिदेखि रोकिएको सगरमाथा आधारशिविरको आरोहण आजबाट पुनः शुरु भएको एजेन्सीहरुले जनाएको छ । कोरोना भाईरस संक्रमण तिव्र हुदाँ र ताउ–ते चक्रवतका कारण मौसममा खरावी आई पर्वतारोहणमा खतरा हुने जल तथा मौसम विज्ञान विभागको आग्रह पछि आरोहण स्थगित भएको थियो ।
आजै विहान दुई आरोहीले सगरमाथाको आरोहण सम्पन्न गरी सकेको तर विस्तृत विवरण आउन बाँकी रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?