logo
२०८१ असोज ६ आईतवार



आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव  काठमाडौं लगियो 

फिचर |
पर्यटन |


आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव  काठमाडौं लगियो 
फाइल तस्बिर


  सोलुखुम्बु, जेठ १६ गते । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज  काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।    
    
 सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ः०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिनुभयो ।    
    
 मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी   काठमाडौं लगिएको उहाँको भनाइ छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।    
    
 यस्तै दुई वर्षअघि मृत्यु भएका एक अमेरीकन नागरिकको पनि शव परीक्षणका लागि काठमाडौं लगिएको थियो । हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।    
    
 सगरमाथा आरोहण शुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृत्यु भएको छ । स्वीटजरल्याण्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृत्यु भएको थियो ।    
    
 यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?