logo
२०८१ असोज ५ शनिवार



अमेरिकाले नेपाललाई खोप दिने विवरण केही दिनमा सार्वजनिक गर्ने

फिचर |
पढ्नै पर्ने |


अमेरिकाले नेपाललाई खोप दिने विवरण केही दिनमा सार्वजनिक गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २६ गते । अमेरिकाले नेपाललाई खोप उपलव्ध गराउने विवरण केही दिनमा सार्वजनिक गर्ने भएको छ ।
अमेरिका मेरिल्याण्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारीले कार्डेनको कार्यालयले आज औपचारिक रुपमा दिएको जानकारी अनुसार नेपालले प्राप्त गर्ने खोपसम्वन्धी विस्तृत विवरण केही दिनमा नै आउने जानकारी दिनुभएको हो ।
उहाँले आफनो आधिकारीक सामाजिक सञ्जाल फेसबुक मार्फत भन्नुभएको छ नेपाल लक्षित भएर अमेरिकी सरकार, वाईडेन प्रशासनसम्म पहुँच स्थापित गर्नको लागि सङ्घीय सरकारका सिनटेरहरु क्रिश भ्यान होलान र वेड कार्डेन क्रिस मर्फे लगायतका निर्वाचित जनप्रतिनिधिहरुको अतुलनीय योगदान छ ।
विधान सभा सदस्य भण्डारीले सिनेटर वेन कार्डेनले गर्नुभएको सहयोगको लागि उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु भन्नुभएको छ ।
अमेरिकी सिनेटामा रहेको स्टेट डिपार्टमेन्ट,युएसएआईडि व्यवस्थापन, अन्र्तराष्ट्रिय सञ्चालन र द्धिपक्षीय अन्र्तराष्ट्रिय विकास समितिका चेयर समेत रहनुभएका वेन कार्डेनले स्वास्थ्य तथा मानव संसाधन मन्त्रालयवाट आवश्यक विवरणको लागि मेरो कार्यालयको अनुरोधमा पत्राचार गर्नुभएको थियो उहाँले भन्नुभएको छ । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप अहिले सर्वाधिक प्राथमिकताको विषय रहेको बताउनुभएको छ ।
नेपाल लगायत एसियाका मुलुकहरुलाई अमेरिकाले करिब ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
खोप उपलव्ध गराउन विभिन्न प्रयास भएका थिए । यसै गरी राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप उपलब्ध गराईदिन पत्र लेख्नुभएको थियो ।
यसै गरी नेपाली मुलका मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईडी व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई खोप उपलव्ध गराउन औपचारिक रुपमा नै आफूले पत्र लेखेको समेत बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?