logo
२०८१ असोज ५ शनिवार



गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङलाई सुविधा उपलब्ध गराउने प्रदेश सरकारकाे निर्णय

फिचर |
पढ्नै पर्ने |
प्रदेश |


गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङलाई सुविधा उपलब्ध गराउने प्रदेश सरकारकाे निर्णय


गण्डकी, जेठ ३० गते । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?