logo
२०८१ मंसिर १० सोमवार



जसपा यादव पक्षद्वारा निर्वाचन आयोगसँग पार्टी आधिकारिताको माग

फिचर |
राष्ट्रिय |


जसपा यादव पक्षद्वारा निर्वाचन आयोगसँग पार्टी आधिकारिताको माग
फाइल तस्बिर


गोरखापत्र अनलाइन

काठमाडौं, असार ४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगसँग पार्टी आधिकारिताको माग गर्दै पत्र बुझाएको छ । सो पक्षले शुक्रबार निर्वाचन आयोग पुगी आधिकारिताको माग गरेको हो । जसपाको केन्द्रीय कार्यकारिणी समितीको बैठकबाट पार्टीको अन्तरिम विधान बमोजिम अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुलाई अनुशासनको कारबाही गरिएको पनि सो पक्षले दावी गरेको छ ।

जसपा अध्यक्ष यादव पक्षले राजनीतिक दल सम्बन्धि विवरण उल्लेख गर्दै पत्रमा विधान बमोजिम दलको बहुमत केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु आफ्नो पक्षमा रहेकाले विवाद उत्पन्न अघिको दलको हैसियतको मान्यता दिन माग गरेको छ ।

पार्टीको आधिकारिकताको लागि जसपा नेपालको कार्यकारिणी समितकिो असार ३ गतेको निर्णय बमोजिम लिखित दाबी पेश गरिएको सो पक्षले जनाएको छ । आयोगले पार्टीलाई आधिकारिता प्रदान नगर्दा पार्टीको कामकाज तथा आन्तरिक संगठानिक परिचालनको काम समेत अवरुद्ध भएकोभन्दै आधिकारिकताको माग गरेको बताएको छ ।

दलका बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेकाले आधिकारिकता दिन माग गर्दै पत्रमा अध्यक्ष ठाकुर पक्षले पार्टीको अन्तरिम विधान विपरित कामकाज गरी पार्टी विभाजन गर्ने मनसायसाथ काम गरिरहेको आरोप पनि लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?