logo
२०८१ असोज ५ शनिवार



काँग्रेसका तीन सभापतिका दाबेदारहरुबीच छलफल

फिचर |
पढ्नै पर्ने |
राष्ट्रिय |


काँग्रेसका तीन सभापतिका दाबेदारहरुबीच छलफल


गोरखापत्र अनलाइन

काठमाडौं, असार ७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आसन्न १४ औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा सोमबार काँग्रेसका तीन सभापतिका दाबेदारहरुबीच भेट तथा छलफल भएको छ ।

सभापतिका आकांक्षी काँग्रेसका उपसभापति विमलेन्द्र निधिको निवासमा काँग्रेसका महामन्त्री डा. शशांक कोइराला, काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेट भएको सिंहका प्रेस संयोजक यूपी लामिछानेले जानकारी दिनुभयो ।

भेट पारिवारिक रहेपनि काँग्रेसको आसन्न महाधिवेशन तथा राजनीतिक विषयमा छलफल भएको छ । महाधिवेशन छलफल र सहमतिबाटै नेतृत्व चयन गर्ने विषयमा नेता निधिले कुरा उठाएको श्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?