logo
२०८१ असोज ५ शनिवार



ललितपुरका ज्येष्ठ नागरिकलाई बुधबारदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा दिइने

फिचर |
पढ्नै पर्ने |


ललितपुरका ज्येष्ठ नागरिकलाई बुधबारदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा दिइने


काठमाडौं, असार ८ गते । ललितपुर महानगरपालिकाले बुधबारदेखि ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ ।

महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो ।

महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो । खोप बुधबार बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ । यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ ।
ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेल (पशु सेवा केन्द्र, पशु अस्पताल)मा गएर खोप लगाउनुपर्नेछ । त्यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल)मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्राङ्गणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्नेछ ।

यसैगरी वडा नम्बर २६ र २७ का नागरिकले सुनाकोठी (बालकुमारी स्कुल)मा, वडा नम्बर २१ र २२ का नागरिकले कार्यविनायक स्कुलमा, वडा नम्बर २८ र २९ का नागरिकले हरिसिद्धि स्वास्थ्य चौकीमा र वडा नम्बर १८ र १५ का नागरिकले सैंबु स्वास्थ्य चौकीमा गएर कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा खोप लगाउनुपर्ने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाणेश अर्यालले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?