logo
२०८१ असोज ५ शनिवार



बाजुरामा मनसुन सुरु भएसँगै रोपाइँको चटारो

फिचर |
पढ्नै पर्ने |


बाजुरामा मनसुन सुरु भएसँगै रोपाइँको चटारो


शेरबहादुर सार्की
बाजुरा, असार ९ गते । असारको पहिलो साताबाट मनसुन सुरु भएसँगै किसानलाई धान रोपाइँको चटारो परेको छ । सयममै मनसुन सुरु भएपछि बाजुराका किसानलाई यती बेला धान रोपाँइको निकै चटारो परेको छ ।

नहर तथा खोलाको किनारका जमिनमा जेठको दोस्रो साताबाट धान रोपाइँ सुरु पनि आकासे पानीको भरमा रोपाँइ हुने जमिनमा मनसुनपछि मात्र धान रोपाँइ सुरु भएको बडिमालिका नगरपालिका –८ मन्देवी थापाले बताउनुभयो ।

बाजुराको तल्लो क्षेत्रमा पर्ने सिगाडा, देउमाण्डौ, भण्डारगाउँ, झाडगाउँ, नुवाकोटका अधिकांश किसानले जेठको दोस्रो साताबाट रोपाँइ सुरु गरेका थिए । त्यसैगरी त्रिवेणीको पन्ताली, ढडाली, बार्जुगाड, फालासनै ,बेतालमाण्डौ, लगायतका ठाउँमा पनि जेठको दोस्रो साताबाट रोपाँइ सुरु भएका हुन् ।
यस अघि त्याहाँका किसानले भान रोप्न पानीको पालो लगाउने गरेका थिए । उनीहरुले आ–आप्नो पालामा रोपाँइ गरिसक्नुपर्ने हुन्छ । पालोमा रोपाँइ गर्न सकेन भने उसले सबैले रोपाँइ गरी सकेपछि या आकासे पानीको भरमा रोपाँइ गर्नुपर्ने हुन्छ, बूढीगङ्गा नगरपालिका –१० का स्थानीय दल लुवारले बताउनुभयो ।
लगातार पर्दै गएको वर्षात्ले भिरालो ठाउँका बस्तीमा पहिरो जाने डर भएपनि समथल स्थानमा बसोवास गर्दै आएका किसानका लागि भने यो मनसुनले निकै फाइदा पुगेको छ । कुलो तथा सिचाइँको सुविधा सम्पन्न भएका बाजुराका केही ठाउँमा जेठमै रोपाइँ भए पनि कुलो नलाग्ने जमिनमा भने मनसुन पछि मात्र रोपाइँ हुन थालेका छन् ।
बाजुरामा दुई लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेति गोग्य छ । पाँच हजार २३५ हेक्टर जमिन वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द्र सिजापतीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?