logo
२०८१ असोज ५ शनिवार



सिन्धुपाल्चोकको कोदारी र लिपीङमा गएको पहिरो पन्छाउन समस्या

फिचर |
प्रदेश |


सिन्धुपाल्चोकको कोदारी र लिपीङमा गएको पहिरो पन्छाउन समस्या
फाइल तस्बिर


चौतारा, असार १० गते । अरनिको राजर्मागअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकास्थित कोदारी र लिपीङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको छ । अवरुध्द सडक सञ्चालन गर्न कोदारी बजारमाथि रहेको १०० घर रहेको बस्ती उच्च जोखीममा पर्ने देखिएकाले कठिनाई उत्पन्न भएको डिभीजन सडक कार्यालय दोलखाका जिल्ला इन्जिनीयर बिजयकुमार महतोले बताउनुभयो ।    
    
गत ६ गते भोटेकोशी नदीले कटान गरेको कोदारीस्थित करीब ६० मिटर सडकलाई तीन दिन लगाएर ट्रयाक खेलीसकेकामा गए रातिको वर्षाले अझ बढी क्षेत्रफल तानेको हुँदा पहिरो फराकिलो हँदै गएको हो । सडक खुलाउन भित्ता काट्नुपर्ने र त्यसो गर्दा माथिको बस्ती उच्च जोखिममा पर्ने देखिएकाले विभागलाई जनकारी गराएको इन्जिनीयर महतोले बताउनुभयो ।    
    
असार २ गते लिपिङपुल नजिक करीब २५ मिटर सडक भास्सिएको हुँदा त्यो पनि खुलाउन समस्या देखिएकाले यथावत रहेको छ । त्यस क्षेत्रमा दैनिक पानी पर्नेक्रम रोकिएको छैन । वर्षात्ले नदीको बहाव बढेको हुँदा कटानको क्रम बढ्दै गएको छ । सडक खुलाउने प्रयास गर्दा गर्दै पनि भौगोलिक कठिनाइले समय लाग्ने बताइएको छ । दुई ठाँउमा सडक अवरुध्द भए पनि चीनबाट आयात भएका सामान दुई स्थानमा भरियाद्वारा बोकाएर कन्टेनरबाट राजधानी भित्रीईरहेको इन्जिनीयर महतोले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?