logo
२०८१ असोज ५ शनिवार



कोरोनाका बिरामी घट्दै,सुनसरीमा आइसोलेशन केन्द्र खाली हुँदै

फिचर |
प्रदेश |


कोरोनाका बिरामी घट्दै,सुनसरीमा आइसोलेशन केन्द्र खाली हुँदै
फाइल तस्बिर


जयृष्ण यादव
इनरुवा, असार १२ गते । सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न पालिकामा कोरोना सङ्क्रमितहरुलाई राख्नका लागि निर्माण गरिएका आइसोलेशन केन्द्रहरु पछिल्लो समयमा खाली हुँदै गएका छन् । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना सङ्क्रमितहरुलाई लक्षित गरी जिल्लाभर विभिन्न पालिका गरी १६ वटा आइसोलेशन केन्द्र सञ्चालन रहेकोमा हाल आधाभन्दा बढी खाली भएको हुन् ।

जिल्लाको सदरमुकाम इनरुवा ४ मा रहेको बसपार्क आइसोलेसन केन्द्र, इनरुवा ३ को आइसोलेशन केन्द्र, इनरुवा ५ बलाहा बहुमुखी क्याम्पस आइसोलेशन केन्द्र र इनरुवा अस्पतालस्थित कोभिड उपचार केन्द्र कोही पनि सङ्क्रममित नभई खाली रहेको जनाइएको छ ।

त्यस्तै गढी गाउँपालिकाको गढी आइसोलेशन केन्द्र समेत खाली रहेको अवस्था छ । उता दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने हरिनगर गाउँपालिकाको बिजि हस्पिटल आइसोलेशन केन्द्र र बर्जु गाउँपालिकाको कोभिड १९ अस्थायी उपचार केन्द्र खाली भएको छ भने बराहक्षेत्र नगरपालिकाको सप्तकोशी बहुमुखी क्याम्पस आइसोलेशन केन्द्रमा ५० जना क्षमता रहेकोमा हाल २ जना मात्र सङ्क्रमितहरु बसिरहेको अवस्था छ ।

इटहरीको २ वटा आइसोलेशन केन्द्रमा समेत न्यून सङ्ख्यामा सङ्क्रमितहरुले सेवा लिइहेको जिल्ला प्रशासन कार्यालय सुुनसरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?