logo
२०८१ असोज ५ शनिवार



साँफे–मार्तडी लोकमार्गः अवरुद्ध सडक सञ्चालनको तयारी गरिँदै

फिचर |
पढ्नै पर्ने |


साँफे–मार्तडी लोकमार्गः अवरुद्ध सडक सञ्चालनको तयारी गरिँदै


शेरबहादुर सार्की
बाजुरा,असार १४ गते । एक महिनादेखि अवरुद्ध साँफे–मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड बल्दे,अम्कोट सडक सुचारुको तयारी गरिदैँ छ । जिल्लाको साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बार्जुगाड देखि सदरमुकाम मार्तडी सम्मको बीच ठाउँ ठाउँमा गत जेठ २३ गतेबाट अविरल वर्षादका कारण पहिरो गएपछि अवरुद्ध हुँदै आएको थियो ।
जिल्ला विपत व्यवस्थापन समितिको गत आइतबार बसेको बैठकले सो सडक सुचारु गर्न सम्बन्धीत् निकायलाई पत्रचार गर्ने निर्णय गरिएको हो ।
सडक अवरुद्ध भएपछि बाजुराको स्थानीयलाई एक ठाउँ देखि अर्को ठाउँ आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।
झाडा पखाला, रुघाखोकी, ज्वरो लगायतका सामान्य बिरामी गाउँ नजिकैको स्वास्थ्य संस्थामा गए पनि गम्भीर बिरामीलाई भने उपचारका लागि जिल्ला बाहिर लिन समस्या भएको छ ।
बडिमालिका नगरपालिका –४ रिलाका हर्के नाथले भन्नुभयो, “अहिले गाउँमा कोही गम्भीर बिरामी भएपछि उनीहरुलाई डोको र स्टेक्चरमा बोकेर उपचार गर्न बाहिर लिने गरेको छ ।”
यो वर्खा बाजुरामा लगातार परेको वर्षाका कारण राजमार्ग सहित गाउँका कृषि सडक पनि लामो समयदेखि अवरुद्ध हुँदै आएका छन् ।
सडक सुचारु नहुँदा स्थानीयलाई वर्खाको समयमा खाद्यानको अभाव पर्दै आएकोले सो सडकलाई तुरुन्तै सुचारु गर्न तथा पुर्ण जोखिममा रहेका परिवारलाई व्यवस्थित्का लागि छलफल गर्ने गरीएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिकोले हिजै सडक डिभिजन साँफेबगरलाई अवरुद्ध सडक सुरुचारु गर्न जानकारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
मार्तडीदेखि कोल्टीसम्म आइतबारदेखि ट्याक्ट्रर सुचारु भए पनि पनि साँफे मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्देदेखि मार्तडीसम्म अझै पनि कुनै सावारी साधन नचलेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ जिल्ला सदरमुकाम मार्तडी सम्म सञ्चालन हुँदै आएको यो बाटो लामो समय सम्म सुचारु नहुँदा स्वास्थ्य तथा खाद्यान समान ढुवानी गर्न निकै सकस हुँदै आएको छ ।
यो परिस्थितिलाई मध्येनजर गर्दै स्काइभेटर तयारीमा नराख्ने हो भने बाजुरावासीले यो वर्खा पनि आवागमन कार्यमा निकै सास्ती खेप्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।
असार १ गतेदेखि नै बाटो सुचारु गर्ने प्रयास गर्दै आएपनि पानी पर्न नरोकिएको कारण बाटो खोल्न ढिलाइ भएको सडक डिभिजन साँफेबगरले जनाएको छ ।
पानी रोकिएसँगै काम सुचारु हुन्छ, काम सुचारु भएको एक हस्ताभित्रै पानी परेन भने मार्तडीसम्म सवारी साधन सुचारु गर्न सकिने सडक डिभिजन साँफेबगरका सूचना अधिकारी दमन विष्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?