logo
२०८१ मंसिर ९ आईतवार



लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमनले दिनुभयो राजीनामा

फिचर |
प्रदेश |


लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमनले दिनुभयो राजीनामा


गोरखापत्र अनलाइन

काठमाडौं, असार १८ गते । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझी शुक्रबार राजीनामा दिनुभएको छ ।
उहाँ जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्य समेत हुनुहुन्छ । नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी राज्यमन्त्री सुमनले राजीनामा लिनुभएको हो ।
राज्यमन्त्री सुमनले जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको भन्दै राजीनामा दिनुपरेको राजीनामा पत्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?