logo
२०८१ असोज ४ शुक्रवार



विपद् जोखिम न्यूनीकरणको लागि तनहुँमा प्रतिकार्य योजना तयार

फिचर |
प्रदेश |


विपद् जोखिम न्यूनीकरणको लागि तनहुँमा प्रतिकार्य योजना तयार
तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलगौंडामा सेतीनदीमा आएको बाढी । तस्विर–अमरराज नहर्की


अमरराज नहर्की
तनहुँ, असार २२ गते । सम्भाव्य विपद्बाट धनजनको क्षति न्यूनिकरण गर्न यहाँ ‘‘जिल्ला विपद् प्रतिकार्य योजना’’ तयार पारिएको छ । जोखिम युक्त क्षेत्र र समुदायको पहिचान गर्न थप सहयोग पुग्ने उद्धेश्यले जिल्ला विपद् व्यवस्थापन समितिद्धारा तयार पारिएको हो ।

विपद्को समयमा तयारी अवस्थामा रहन, खोज तथा उद्धारको गरी आपतकालिन राहत सहयोग, एवं सुरक्षा प्रदान गर्न मार्गदर्शक दस्तावेदको रुपमा प्रतिकार्य योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितका संयोजक रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

प्रकोप सिर्जित जोखिमको न्यूनिकरणलाई दिगो विकासको अभिन्न अवधारणा भएकोले प्रतिकार्य योजना तयार पारिएको समितिले जनाएको छ । स्थानीय स्तरमा निर्माण हुने विकास आयोजना तथा ठुला पूर्वाधारहरुका आयोजना निर्माण र विकासको चरणमा सम्भाव्य विपद् अवस्था र त्यसबाट हुनसक्ने संभाव्य क्षतिलाई विचार गरी प्रतिकार्य योजना बनाईएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो । ्

‘‘विपद् जोखिम रहित विकास आयोजना निर्माण गर्न सक्यौं भने मात्रै जोखिमलाई न्यूनिकरण गर्न सकिने भएकोले प्रतिकार्य योजना बनाएका हौं’’ प्रजिअ पण्डितले भन्नुभयो । विपद् प्रभावितहरुलाई तत्काल उद्धार तथा राहत सेवा पु¥याउन सजिलो पर्ने, जोखिम न्यूनिकरण गर्न विपद् कर्मीहरुबीच समन्वयात्मक संयन्त्र निर्माण गरी प्रतिकार्य गर्न सहज हुने विश्वास गरिएको छ ।

राजनैतिक दलका पदाधिकारी तथा नागरिक समाजका सदस्य बीच विपद् पूर्व तयारीका बारेमा छलफल चलाउने, जोखिम न्यूनिकरण गर्न जनचेतना मुलक कार्यक्रमको तयारी तथा स्थापीत संयन्त्र मार्फत सूचना प्रभाव गर्ने, खाद्य, गैर खाद्य, सामग्री तथा अन्य प्रतिकार्य सामग्रीको भण्डारण गर्ने गरी प्रतिकार्य योजना तयार भएको सहयाक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार तयारी योजनामा विगतको घटनाको आधारमा प्रकोप सङ्कटापन्न क्षेत्रहरु छुट्टाईएको छ । जिल्लामा पहिरो, आगलागि, बाढी, खडेरी, महामारी, भुकम्प, हावाहुरी-चट्याङ, सडक दुर्घटना जोखिका क्षेत्रहरु छनोट गरिएको छ ।

विपद्को बेला सहयोगी सस्थाहरुको विवरण र सम्पर्क नम्बर राखिएको छ । जिल्लामा उपलब्ध स्रोत र साधनको अवस्थाको बारेमा पनि प्रतिकार्य योजनामा जानकारी दिइएको छ । हेलिकप्टरको प्रयोगको लागि हेलिप्याडको व्यवस्था गरिएको स्थानहरुको बारेमा जानकारी दिईएको छ । आपतकालिन प्रतिकार्य योजनाको लागि काम गर्ने समयको बाँडफाँड प्रतिकार्य योजनामा राखिएको छ ।

समुदायमा आधारित विपद् व्यवस्थापन समितिको नामावली तथा सम्पर्क राखिएको छ । मनसुन शुरु हुन थालिसकेकोले बाढी पहिरोबाट पूर्वाधार तथा भौतिक सम्पक्तिमा हानी पुग्न जाने विशेष गरी राजमार्ग अवरोध आउन सक्ने सम्भावनलाई दृष्टिगत गरी सडक डिभिजन कार्यालय दमौली र यान्त्रिक कार्यालय डुम्रेसँग समन्वय गरी डोजर, लोडर तयारी अवस्थामा राखिएको समितिले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?