logo
२०८१ असोज ४ शुक्रवार



वृक्षारोपणका लागि अग्ला विरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय कपिलवस्तु

फिचर |
प्रदेश |


वृक्षारोपणका लागि अग्ला विरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय कपिलवस्तु
तस्बिर जानु पाण्डे


जानु पाण्डे
कपिलवस्तु,साउन १ गते । खाली क्षेत्रमा बृक्षारोपण गर्नका लागि डिभिजन वन कार्यालय कपिलवस्तुले ३ लाख ५८ हजार विरुवा उत्पादन गरेको छ । जिल्लाको पुर्बी भेगमा लगाउने गरी डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयका नर्सरीमा उत्पादन भएको बताइएको छ ।

विरुवा उत्पादनका लागि डिभिजन वन कार्यालय कपिलवस्तुले २० लाखको लागतमा हाइटेक नर्सरी निर्माण गरेको डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेलले बताउनु भयो । वन कार्यालयको परिषर भित्र सुविधा सम्पन्न नर्सरी स्थापना भए पछि जिल्लामा पहिलो पटक धेरै वर्ष राखेर ठुलो विरुवा बनाएर स्थानान्तरण गर्ने समेत तयारी गरिएको छ ।

सडक सौन्र्दयीकरणका लागि गुलमोहर फुल, असोक, विरेन्द्र फुल, कल्की फुल जस्ता विरुवा ३ वर्ष नसरीमा राखी ठुला बनाएर वितरण गर्ने योजना गरिएको छ । जसले गर्दा सडक छेउ राम्रो देखिने र गाई बाख्राले समेत बिरुवाका पात खाने समस्या नहुने पौडेलले बताउनु भयो ।

वन कार्यलयले ५३ हजार हेक्टर क्षेत्रफलमा विरुवा लगाइएको छ । अतिक्रमित जमिन, खाली ठाउँमा र व्यवसायिक र निजि जग्गामा समेत विरुवा रोपिएको छ । यस वर्ष उत्पादन भएका १ लाख विरुवा बहुवर्षका लागि छाडेर बाकी विरुवा निशुल्क रुपमा वितरण गर्दै आएको वन कार्यलयका सुचना अधिकारी मदन मोहन स्यान्डिल्यले बताउनु भयो ।

कार्यालयले नर्सरीमा टिक , अर्जुन , धुपी ,मसला , असना , खयर , गोलमोर , कल्की , सितल चिनी ,अमला, खयर लगायतका विरुवाहरु उत्पादन भएका छन । निजी वनमा टिक र मसलाका विरुवा वढि मात्रामा लिने गरेका छन । यसै गरी सर्वसाधरणका लागि कार्यालयले आँपका दसरी , अमरपाली लगायतका विरुवाहरु खरिद गरेर निःशुल्क वितरण गरेको छ ।

सरकारले २०७१ साल देखि २०८० साल सम्मलाई वन दशकको रुपमा मनाउने नीति अनुसार “एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान” बनाउन गरी विरुवा वितरण गरिएको छ ।
जिल्लामा वन कार्यालयका साथ साथै पालिका, सामुदायिक वन, साझेदारी वनले समेत विरुवा वितरण गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?