logo
२०८१ असोज ४ शुक्रवार



भिठामोड भन्सार कार्यालयबाट लक्ष्य भन्दा दुईसय प्रतिशत बढी राजश्व संकलन

फिचर |
प्रदेश |


भिठामोड भन्सार कार्यालयबाट लक्ष्य भन्दा दुईसय प्रतिशत बढी राजश्व संकलन
फाइल तस्बिर


महोत्तरी समाचारदाता
जलेश्वर, साउन १ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको भिठामोडमा रहेको मुख्य भन्सार कार्यालयले लक्ष्यभन्दा दुईसय प्रतिशत बढी राजश्व संकलन गरेको छ । जिल्ला भन्सार कार्यालय भिठामोडका प्रमुख भन्सार अधिकृत गुणराज सुवेदीले आर्थिक वर्ष २०७७-०७८ मा लिइएको लक्ष्य ५९ करोड ६५ लाख २९ हजार रहेकोमा एक अर्ब ६५ करोड ८९ लाख बढी राजश्व संकलन भएको जानकारी दिनुभयो ।

कोरोना महामारीको कारण लक्ष्य नपुग्ने हो कि भन्ने आशंका भएपनि सो समयमा भित्रिएको पेट्रोलियम पदार्थ तथा खाद्यान्न सामग्रीको आयात बढेपछि लक्ष्यभन्दा बढी राजश्व संकलन भएको बताउनुभयो । भिठामोड नाकाबाट भित्रिएको पेट्रोल, डिजल, आलु, प्याजसहितका खाद्यान्न सामग्रीले तोकिएको लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताउनुभयो ।

विगतमा यो क्षेत्रमा सडक राम्रो नहुदाँ अन्य नाकाबाट गाडीहरु भित्रिने गरेकोमा अहिले सडक सञ्जाल पनि राम्रो भएकोले लक्ष्य पुग्न कठिन नभएको उहाँको तर्क थियो । त्यसैगरी यसक्षेत्रमा बाढीको कारणले पनि समस्या हुने गरेकोमा विगतमा बाढीको पनि बढी प्रभाव नपरेकोले लक्ष्य भेटटाएको हुन सक्ने उहाँको अनुमान रहेको छ ।  भारतको बरौनीबाट नेपाल भित्रिने पेट्रोलियम पदार्थ आयातमा विरगंजपछि भिठामोड नाका दोश्रो भन्सारको रुपमा रहेको देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?