logo
२०८१ असोज ४ शुक्रवार



दमकमा कोरोना सङ्क्रमण र मृत्युदर बढेपछि निषेधाज्ञा लगाउने सर्वपक्षीय निर्णय

फिचर |
पढ्नै पर्ने |


दमकमा कोरोना सङ्क्रमण र मृत्युदर बढेपछि निषेधाज्ञा लगाउने सर्वपक्षीय निर्णय


विष्णुप्रसाद पोखरेल
दमक, साउन १० गते । झापाको दमकमा कोरोना सङ्क्रमणदर धेरै बढेको र दोस्राे भेरियन्टको कोरोना सङ्क्रमणका कारण ३८ जनाको मृत्यु भएको भन्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने गरी निषेधाज्ञा लगाउने सर्वपक्षीय निर्णय भएको छ ।
दमक नगरपालिका कोरोना भाईरस रोकथाम तथा नियन्त्रण पालिकास्तर संरचना समितिको शनिवार बसेको सर्वपक्षीय सोमबार बिहान ४ बजेदेखि १७ गते मध्यराती १२ बजे सम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागु गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनुभएको छ ।
अस्पतालको आकस्मिक सेवा, औषधी पसल, खोप सेवा, फोहोरमैला सङ्कलन तथा व्यवस्थापन, दुध र अण्डाका पसल (बिहान ६ देखि ८ बजे) सम्म र एम्बुलेन्स तथा वारुणयन्त्र सेवा जस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु सञ्चालन नगर्ने/नगराउने निर्णय भएको र यसको अवज्ञा गरे कार्वाही गरिने पनि उहाँले जनाउनुभयो ।
दमकमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पनि ५ सय नाघेको छ । खाद्यन्न, ग्याँस लगायतका पसलहरु नखुल्ने र कसैलाई अति आवश्यक भएमा वार्ड कार्यालय, दमक नगरपालिका, नगर प्रहरी, जनपथ प्रहरी तथा अनुगमन समितिसंग समन्वय गरेर उक्त सामान नगरबासीको घरमा पुर्याईने ब्यवस्था मिलाइने पनि नगर प्रमुख ओलीले बताउनुभएको छ ।

अस्पतालमा बेड अभाव
यसैबीच दमकमा कोभिड उपचार केन्द्र र आम्दा अस्पतालले कोभिड सङ्क्रमितको उपचार गराउँदै आएकोमा अब बेडको अभाव रहेको बतायएको छ । सरकारी कोभिड उपचार केन्द्रमा ३० जनाको क्षमता रहेकोमा सबै बेड भरिएको र आम्दा अस्पतालमा २३ जना विरामीले उपचार गराइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?