logo
२०८१ असोज ४ शुक्रवार



सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’मनाउने

फिचर |
स्वास्थ्य |
पढ्नै पर्ने |


सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’मनाउने


काठमाडौं, साउन २१ गते । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हो ।
बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज खोप लगाइने बताउनुभयो । उहाँले शनिबार र आइतबारसम्म जापान र भुटानबाट खोप ल्याइने पनि बताउनुभयो । साथै उहाँले असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने बताउनुभयो ।
यसैगरी बालबालिकाका लागि फाइजरको ६० लाख जोड खोप ल्याइने प्रक्रिया अगाडि बढाइएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूका बालबालिकालाई लगाइने श्रेष्ठले बताउनुभयो ।
त्यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको एक करोड ४० लाख खोप र विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी एक करोड १३ लाख आउने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?