logo
२०८१ असोज ४ शुक्रवार



भूटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनिकाकाे खोप

फिचर |
पढ्नै पर्ने |


भूटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनिकाकाे खोप
सांकेतिक तस्बिर


काठमाडौं, साउन २२ गते । भूटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनिकाकाे खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।
भूटानले आफ्ना खाेप लगाउन योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहका अनुसार २१ बाकस खोप आइपुगेको छ ।
भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?