logo
२०८१ असोज ३ बिहीवार



परीक्षार्थीलाई आजदेखि अष्ट्राजेनिका खोप दिन शुरु

फिचर |
स्वास्थ्य |
पढ्नै पर्ने |


परीक्षार्थीलाई आजदेखि अष्ट्राजेनिका खोप दिन शुरु


काठमाडौं, साउन २८ गते । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बिहीबारदेखि सबै विश्वविद्यालय स्तरको परीक्षामा सहभागी हुन प्रवेशपत्र लिइसकेका विद्यार्थीहरुलाई अष्ट्राजेनिका खोप दिन लागेको बताउनुभयो ।

प्रमुख खड्काका अनुसार खोप यही साउन ३० गतेसम्म लगाइनेछ भने काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

काठमाडौं प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीहरुले खोप लगाउन सक्ने उहाँले बताउनुभयो ।

बुधबारको सचिव स्तरीय बैठकले त्रिवि सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय गरेको थियो ।

त्यस्तै उपत्यका बाहिरका विद्यार्थीहरुले भने प्रवेशपत्रको आधारमा नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?