logo
२०८१ असोज ३ बिहीवार



नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको चार नम्बर सिमास्तम्भमा 'बिओपी' पुग्न सफल

फिचर |
पढ्नै पर्ने |


नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको चार नम्बर सिमास्तम्भमा 'बिओपी' पुग्न सफल


राजन रावत
हुम्ला, साउन ३२ गते । सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दै आएको  सीमा सुरक्षा चौकी (बिओपी) हिल्साको टोली नेपाल र चीनको सिमानामा रहेको ४ नम्बर सिम स्तम्भमा पहिलो पटक पुग्न सफल भएको हो । खराब मौसमको कारण पटक पटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसमले साथ दिँदा उक्त सिम स्तम्भमा पुग्न सफल भएको हो ।   
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिल्सामा दुई वर्ष अगाडी स्थापना भएको सीमा सुरक्षा चौकी ( बिओपी ) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको ४ नम्बर सिम स्तम्भमा पुग्न सफल भएको बताउनुभयो । हालसम्म सरकारी तबरबाट कोही पनि पुग्न नसकेको उक्त सिम स्तम्भमा पहिलो पटक बिओपीको टोली परेर सिमास्तम्भको अनुगमन गर्ने कार्य पुरा भएको उहाँले बताउनुभयो । उक्त सिमास्तम्भ पाँच हजार २५० मिटर अग्लो स्थानमा रहेको छ । यसअघि गत र यसैवर्ष पनि पटक पटक टोलीले सो सिम स्तम्भमा पुग्ने प्रयास गरेको भए पनि खराब मौसमको कारण पुग्न सकेको थिएन । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीका अनुसार ४ नम्बर सिम स्तम्भमा पुगेसंगै बिओपीले अब आफ्नो लक्ष पुरा गरेको बताउनुभयो । गत साउन १९ गते उहाँ नेतृत्वको टोलीले याङ्जो भण्ज्याङस्थित ३ नम्बर सिमास्तम्मा पहिलो पटक पुगेको थियो । वर्षमा दश महिना हिउँले ढाक्ने ४ नम्बर सिमास्तम्भ रहेको क्षेत्रमा असार दोस्रोबाट भदौ पन्द्रसम्म हिउँ पग्लने गर्छ । यो अवधिमा पटक पटक बिओपीको टोलीले पटक पटक पुग्ने प्रयास गर्दा पनि नसकेको बताउदै उहाँले मौसमले साथ दिँदा स्थापनादेखि सरकारी पक्ष नपुगेको ४ नम्बर सिम स्तम्भमा सुरक्षाकर्मी पुगेको बताउनुभयो । उक्त सिम स्तम्भमा सशस्त्र प्रहरी निरीक्षक केसीको नेतृत्वमा दश जना सुरक्षाकर्मी पुग्नु भएको थियो । टोलीले सीमा सुरक्षा चौकी हिल्साबाट ४ र ५ नम्बर सिमास्तम्भ खोज्न र पुग्न दुई लगाएको र ४ नम्बर सीमा स्तम्भबाट चौकीमा फिर्ता हुन सात घण्टा समय लगाएको उहाँले बताउनुभयो । बाक्लो कुहिरो र पानी परि रहेको कारण टोलीले सिमास्तम्भ भेटाउन निक्कै कष्ट गर्नु परेको थियो । गत असोज पहिलो हप्तायता सीमा सुरक्षाकर्मीले चीनसँगका चार वटा सिम स्तम्भमा पहिलो पटक पुग्न सफल भएको हो । जसमा लाप्चाको १२ नम्बर, हिल्सा माथिको टाकुलेमा ११ नम्बर, याङ्जो भण्ज्याङको ३ नम्बर र नुमुच्चेमा रहेको ४ नम्बर रहेका छन् । सशस्त्र प्रहरी बलको स्थापनासगै चीनसँगका हुम्ला खण्डमा पर्ने सबै स्तम्भहरूको अनुगमन गर्ने कार्य पुरा भएको छ । अब बिओपी बारम्बार सम्भव भएसम्म अनुगमन गर्ने जानकारी दिएको छ । चीनसँगका सिमास्तम्भ सबै नाम्खा गाउँपालिमा पर्छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?