logo
२०८१ असोज ४ शुक्रवार



यात्रु बस दुर्घटना : १८ जना घाइते, दुई बेपत्ता

फिचर |
पढ्नै पर्ने |


यात्रु बस दुर्घटना : १८ जना घाइते, दुई बेपत्ता


विदुर आचार्य
चौतारा, भदौ ९ गते । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् भने दुई जना हराइरहेका छन् ।

ठोकर्पाबाट काठमाडाैँका लागि छुटेको बस बिहान ११:३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बीस मिटर तल बस झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा परेको बसमा २० जना यात्रु रहेको १५ जना घाइतेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा  उपचार भइ रहेकाे र र दुई जना गाडीले च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?