logo
२०८१ भाद्र ३१ सोमवार



ट्रक दुर्घटना बीस जना घाइते, चारको अवस्था गम्भीर

फिचर |
पढ्नै पर्ने |


ट्रक दुर्घटना बीस जना घाइते, चारको अवस्था गम्भीर


मुरारी अधिकारी
धादिङ, भदौ १४ गते । धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा सोमबार बिहान आइसर ट्रक दुर्घटना हुँदा बीस जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइसर ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
गम्भीर घाइते मध्ये चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको हो । घाइते मध्ये अन्य चार जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?