logo
२०८१ बैशाख १८ मंगलवार



ओखलढुंगामा जिप दुर्घटना एकको मृत्यु, नाै जना घाइते 

फिचर |
प्रदेश |


ओखलढुंगामा जिप दुर्घटना एकको मृत्यु, नाै जना घाइते 
सांकेतिक तस्बिर


मनोज भट्टराई 
ओखलढुंगा, भदौ २७ गते । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको मितेरीभञ्ज्याङ नजिकै आज दिउँसो जिप दुर्घटना भएको छ  । दुर्घटनामा परि एकको मृत्यु भएको छ भने नाै जना घाइते भएका छन् ।
दुर्घटनामा परि बारा जिल्ला ठेगाना भएका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनामा परि घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं। २ का चालक वर्ष ३० का केशव कटवाल, काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं। ११ का वर्ष ३८ का मानकाजी तामाङ, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीका वर्ष २६ का टेक बहादुर योगी, योगीका श्रीमती वर्ष २० को हिरामाया योगी घाइते भएका छन् । त्यस्तैगरि घाइते हुनेहरुमा रामेछाप जिल्ला वेतालीका वर्ष २८ की राधिका योगी, उनका छोरा वर्ष १२ का अभिषेक योगी, वर्ष ४ का नीरज योगी, वर्ष १ की छोरी अनुषा योगी र लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका वर्ष १० का प्रभात गिरी रहेका छन् ।
 जिल्लाको निशंखेबाट काठमाडौँ जाँदै गरेको १० जना सवार बा ११ च ५२१० नम्बरको जिपमा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताउनु भयो  । उहाँका अनुसार घाइतेहरुको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि चार जनालाई एम्बुलेन्स मार्फत काठमाडाैँ पठाइएको र बाँकी ५ जनाको अवस्था गम्भीर भएका कारण हेलिकप्टर मार्फत काठमाडाैँ पठाउने तयारी भइरहेको छ । 
दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?