logo
२०८१ बैशाख ८ शनिवार



रामेछापमा जिप दुर्घटना : तीन जनाको मृत्यु, एक गम्भीर

फिचर |
पढ्नै पर्ने |


रामेछापमा जिप दुर्घटना : तीन जनाको मृत्यु, एक गम्भीर
तस्बिर : नबराज श्रेष्ठ


गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ ३१ गते । रामेछापको मन्थली नगरपालिका–६ हात्तिसारमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जिप हात्तिसारमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–२ बस्ने अन्दाजी वर्ष ३५ का वाङ्छु शेर्पा, ६ का अन्दाजी वर्ष ३५ का लाक्पा शेर्पा र उनकी श्रीमती अन्दाजी वर्ष २७ की फरुबा शेर्पा छन् । साथै एक जना बालक घाइते भएका छन् ।
लाक्पा शेर्पाका अन्दाजी पाँच वर्षका छोरा धावा शेर्पा घाइते भएको डिएसपी ढुङ्गानाले जानकारी दिनुभयो । घाइते बालकको तामाकोसी अस्पताल मन्थलीमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । घाइते बालकको निधारमा चोट र ओठ काटिएको छ । सामान्य बोल्न सक्ने बालकको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?