logo
२०८१ बैशाख ७ शुक्रवार



सरकारद्वारा चाडपर्व केन्द्रित बजार अनुगमन, कैफियत भेटिए कारवाही

फिचर |


सरकारद्वारा चाडपर्व केन्द्रित बजार अनुगमन, कैफियत भेटिए कारवाही


काठमाडौं, असोज ७ गते । सरकारले दशैंलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगम शुरु गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनैपूर्णिमादेखि नै बजार अनुगमन शुरु गरेको र यसलाई थप गर्दैलगेको जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईले नियमित र जनैपूर्णिमादेखि चाडपर्व केन्द्रित अनुगमन शुरु गरेको बताउनुभयो ।

‘जनैपूर्णिमा अघि क्वाटीको अनुगमन ग-यौं, तीजमा चुरापोते, कपडा, गरगहनाको अनुगमन ग-यौं,’ प्रवक्ता सेढाईले भन्नुभयो, ‘अब हामी खाद्यान्न, मासु, तरकारी, औषधिलगायत विभिन्न बजार–पसलहरुको अगनुगमन गर्छौं ।’ जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायका प्रतिनिधिहरु छन् ।

अनुगनका क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने प्रवक्ता सेढाईले बताउनुभयो । उहाँले उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ८ मा उल्लेख सजाय (१) मा कसैले यस ऐन अन्तर्गत कसुर मानिने देहायको कुनै काम गरे वा गराएमा कसुरको मात्रा हेरी विभागको महानिर्देशकले देहाय बमोजिम सजाय गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो ।

दफा ३८ को खण्ड (क) र (ग) बमोजिमको कसुर गरे वा गराएमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको विभागले जनाएको छ । त्यस्तै दफा ३८ को खण्ड (झ) बमोजिमको कसुर गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाख रुपियाँदेखि तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

यसैगरी दफा ३८ को खण्ड (ञ) र (ठ) बमोजिमको कसूर गरेमा तीन महिनादेखि ६ महिनासम्म कैद वा पचास हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?