logo
२०८१ बैशाख ५ बुधवार



आजै मन्त्रिपरिषद् विस्तार हुनसक्छः अध्यक्ष प्रचण्ड

फिचर |
राष्ट्रिय |


आजै मन्त्रिपरिषद् विस्तार हुनसक्छः अध्यक्ष प्रचण्ड


काठमाडौं, असोज १८ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार सकेसम्म आजै गर्नेगरी गृहकार्य भइरहेको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवि संगठनद्वारा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज सोमबार आयोजित राष्ट्रिय भेलामा सम्बोधन गर्नुहुदै ‘आजै सपथ ग्रहण गराउने भन्ने छ, यो नभएपनि यसबारे आज टुंग्याउने भन्ने छ’, अध्यक्ष प्रचण्डले बताउनुभयो ।

मन्त्रिपरिषद् विस्तार आजै टुंग्याउने गृहकार्य गर्नुभएकाले आफूले लामो समय कार्यक्रमलाई दिन नसक्ने उहाँले बताउनुभयो । देश दुर्घटनामा जान लागेको र संविधान खारेजीसम्मको खतराप्रति गम्भिररुपमा मनन गर्न अध्यक्ष प्रचण्डले माओवादी बुद्धिजीविहरुलाई सचेत गराउनुभयो । उहाँले माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीहरुसँग एकताको पहल पनि गरिरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?