logo
२०८१ बैशाख ८ शनिवार



हिमपातका कारण पर्वतारोहणमा सतर्कता अपनाउन अनुराेध

फिचर |


हिमपातका कारण पर्वतारोहणमा सतर्कता अपनाउन अनुराेध
फाइल फाेटाे


 

काठमाडौं, मङ्सिर १६ गते । पछिल्लो २४ घण्टामा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात भएकाले पर्वतारोहणलगायत हवाई उडान र यातायातका लागि सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

देशभर पश्चिमी वायुसँगै आएको अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण भारी हिमपात हुने जनाइएको छ ।

भारी हिमपात हुने सम्भावना रहेकाले सबैमा सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा मध्यम वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा भारी हिमपात हुने महाशाखाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

हिमपातसँगै न्यूनतम तापक्रममा सुधार आउने भएकाले देशभर चिसो बढ्नेछ । पहाडी र हिमाली क्षेत्रका स्थानीयबासीले आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?