logo
२०८१ बैशाख २६ बुधवार



ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात (फाेटाे फिचरसहित)

फिचर |
पर्यटन |


ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात (फाेटाे फिचरसहित)



नवीन शिशिर विक
बागलुङ, मङ्सिर २१ गते । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात भएको छ । सोमबार बेलुकीदेखि हिमपात भएको ज्योति आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिनुभयो । हिमपातपछि ढोरपाटन उपत्यका क्षेत्रमा चिसो बढेको छ ।

हिमपातपछि घाम लागेको हुँदा हिउँ पग्लिदै गएको छ । स्थानीय नियमित काममा फर्केका छन् । विद्यालय सञ्चालन भएको विकले बताउनुभयो । ढोरपाटनमा यस वर्षको पहिलो हिमपात भएको हो ।

हिमपातपछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ । बुकी क्षेत्रमा हिउँले भरिँदा हिमालयको झल्को दिएको शिक्षक विकले बताउनुभयो । उपत्यका क्षेत्रमा हिउँ जम्दा घोडा, गाई, भैँसी चरनमा समस्या भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?