logo
२०८० चैत्र १५ बिहीवार



साहसिक खेल ‘भिया फराटा’ नेपालमा सुरु

फिचर |
खेलकुद |


साहसिक खेल ‘भिया फराटा’ नेपालमा सुरु


काठमाडौं, मङ्सिर २१ गते । साहसिक खेलको रुपमा प्रख्यात भिया फराटा अर्थात् पहरामा फलामको बाटो हिँड्ने खेल नेपालमा पहिलो पटक सुरु भएको छ । जुगल हिमश्रङ्खला अन्तर्गत ६१ सय ५१ मिटरको ग्याल्जेन हिमालको आधार शिविर जाने बाटोमा पहिलो पटक भिया फराटा खेलस्थल निर्माण भएको हो ।

पर्यटन विभागको लगानीमा ४१ सय मिटर उचाइमा रहेको भीरमा ८० मिटर लामो फराटा खेलस्थल निर्माण भएको हो । यूरोपका फ्रान्स, इटाली, जर्मनलगायत देशमा वर्षौदेखि प्रख्यात रहेको यो खेलको नेपालमा पनि सम्भावना रहेको बताइएको छ । यो खेलले साहसिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै विभागले पहिलो पटक खेलस्थल निर्माण गरेको हो ।

करिब ३० लाख लगानीमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुल सिं गुरुङसहित आठ जनाको टोलीले २५ दिन लगाएर उक्त खेलका लागि स्थान निर्माण गर्नुभएको हो । यो खेलमा ठाडो भिरमा झुण्डिएर हिड्नु पर्नेहुन्छ । हिमाली क्षेत्रमा एक गाउँबाट अर्को गाउँमा जानका लागि प्रयोग हुने बताइएको छ । दोस्रो विश्वयुद्धताका एक गाउँबाट अर्को गाउँमा जान प्रयोग गरेपछि यो साहसिक खेलको रुपमा विश्वभर विस्तार हुन थालेको अन्तर्राष्ट्रिय माउन्टेन गाइड गुरुङले बताउनुभयो । नेपालमा यो खेलको बढी सम्भावना भएकाले स्थानीय तहसँग सहकार्य गरेर सरकारले प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

नेपालमा साहसिक खेलको रुपमा र्याफटिङ, माउन्टेन साइक्लिङ, बञ्जीजम्प, प्याराग्लाइडिङ, कायकिङ, रक क्लाइम्विङ, वाल क्लाइम्विङ, जिपलाइन, क्यानोनिङ, हनिहन्टिङलगायत खेल चर्चामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?