logo
२०८१ बैशाख ७ शुक्रवार



माओवादी महाधिवेशन बन्दसत्र : देव गुरुङद्वारा विधान मस्यौदा प्रस्तुत

फिचर |
मुख्य समाचार |
राजनीति |


माओवादी महाधिवेशन बन्दसत्र : देव गुरुङद्वारा विधान मस्यौदा प्रस्तुत


काठमाडौँ, पुस १२ गते । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्दसत्रमा नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ । आइतबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको हो ।

विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष पदाधिकारीको प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ ।

विधान प्रस्ताव पारित भए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । महाधिवेशनमा उपस्थित प्रतिनिधिको समूह विभाजन गरेर प्रचण्डले प्रस्तुत गर्नुभएको वैचारिक तथा राजनीतिक दस्तावेज र नेता गुरुङले प्रस्तुत् गर्नुभएको विधान मस्यौदामाथि छलफल हुनेछ ।

प्रचण्डले प्रस्तुत गर्नुभएको २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर बन्दसत्रमा प्रस्तुत् गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?