logo
२०८१ बैशाख १५ शनिवार



विश्वप्रसिद्ध चित्र मोनालिसा

फिचर |
शनिवार |


विश्वप्रसिद्ध चित्र मोनालिसा


रमेश खनाल


विश्वप्रसिद्ध चित्र मोनालिसालाई जति हेरे पनि, जति लेखे पनि, जति अनुसन्धान गरे पनि सकिँदैन । झन् झन् प्रसिद्ध भइरहेको छ । लुभ्रको म्युजियममा दैनिक हजारौँ व्यक्ति तँछाड–मछाड गर्दै फ्रेमभित्रको मोनालिसालाई हेरेर दङ्ग भइरहेका छन् ।

  • मोनालिसा...
    मोनालिसा...
    आखिर त्यस्तो के छ मोनालिसामा ?
    कोही भन्छन्, “हर्ष र विस्मात भेटिन्छ, मोनालिसा पोट्रेटमा ।”
    कोही भन्छन्, “आँसु र हाँसो पाइन्छ मोनालिसामा ।”
    इटालीका कलाकार लियोनार्दो दा भिन्चीले चार वर्ष लगाएर बनाएको पोट्रेट हो– मोनालिसा ।
    भाव छ, मोनालिसामा
    रङको सन्तुलन छ, मोनालिसामा
    सन्तुलित रचना छ, मोनालिसामा
    सौन्र्दयानुभूति छ, मोनालिसामा
    रहस्य छ, मोनालिसामा
    सुन्दर पृष्ठ दृश्यावलोकन छ, मोनालिसामा
    इटालियन शब्दमा ‘गिओकोन्डा मोनालिसा’ हो ।

    मोनालिसाको यो चित्र पोट्रेट पपुलर प्यानेलमा तेल रङबाट बनाइएको छ ।
    फ्रान्सका राजा फ्रान्सिसको डेल जियोकोन्डाकी श्रीमती ‘लिसा गिरान्दिनी’ हुन् मोनालिसा ।

    यो पोट्रेटलाई फ्रान्सका राजा फ्रान्सिस प्रथमले किनेका थिए । यो पेन्टिङ फ्रान्स सरकारको सम्पत्ति भएर लुभ्रमा बसिरहेको छ ।
    मोनालिसाको यो पोट्रेट ७७ सेन्टिमिटर × ५३ सेन्टिमिटरको छ । सन् १५०३ मा यो पोट्रेट बनाइएको भए पनि सन् १७९७ मा मात्र यो पोट्रेट लुभ्रमा ल्याइएको हो । यस पेन्टिङको आदर्श गुण भनेको बिर्सन नसकिने भाव, आदर्श संरचना । स्थिर मोडेलिङ आकार र वातावरणीय भ्रम नै हुन् ।

    सन् १९११, अगस्त २१ मा लुभ्रबाट मोनालिसा पेन्टिङ एकाएक चोरी भयो । एक हप्तासम्म अनुसन्धान गर्न लुभ्र बन्द गरियो । फ्रान्सका कवि गुइलामी एप्पोलिनियार र पाब्लो पिकासोमाथि शङ्का गरियो तर केही अनुसन्धानपछि उनीहरू निर्दोष साबित भए तर चोरी कसले ग¥यो ? महिनौँ बित्यो । अन्ततः उफिजी ग्यालरीका निर्देशक गिओभानी पोजीसमक्ष एक जना व्यक्तिले मोनालिसा पोट्रेट बेच्न ल्याए । पोजीले मोनालिसा चित्र देख्नेबित्तिकै चोरी भएको पेन्टिङ यही हो भन्दै एक हप्तासम्म उफिजी ग्यालरीमा प्रदर्शनीमा राखी पेरिस लुभ्रमा खबर गरे ।

    दुई वर्ष चार महिना बाह्र दिनसम्म मोनालिसा पेन्टिङ चोर्ने भिनसिन्जो पिरुगियाले आफ्नो भान्साघरको एक टेबुलमुनि लुकाएर राखेका थिए । उनी लुभ्रकै एक कर्मचारी हुन् । अवसर खोजिरहेका पिरुगियाले आफ्नो लामो कोटभित्र लुकाएर मोनालिसा चित्र लगेको कसैले थाहा पाएनन् । उनले चोरी गरेको यो चित्र इटाली पु¥याए । मोनालिसा चोरी भएको कसैले थाहा नै पाएनन् । मोनालिसा कपी गरिरहेका कलाकार लुइस ब्युरोडले जब कपी गर्न लुभ्र पुगे, तब उनले मोनालिसा पोट्रेट टाँगिएका ठाउँ खाली देख्नेबित्तिकै लुभ्रमा हाहाकार मच्चियो । लियोनार्दो दा भिन्चीको मोनालिसा पेन्टिङ लुभ्रबाट चोरी भएको कुरा सबै पत्रिकाले बारम्बार लेखे । पत्रिकामा धेरै लेखिएपछि विश्वभरि मोनालिसा पोट्रेटको महìव र लोकप्रियता बढ्यो ।

    उफिजी ग्यालरीले मोनालिसा पेन्टिङलाई लुभ्रमा बुझाई दिनेबित्तिकै चोरी गर्ने पिरुगियालाई छ महिना जेल चलान गरियो तर उसको चोरी गर्ने विचार सुनेर राष्ट्रियताको अगाध माया र सम्मानको कदर गर्दै छ महिनापछि रिहा गरिदिए । पिरुगियाले अदालतमा भने, “लियोनार्दो इटालीका हुन् । अतः उनले बनाएको उनको प्रिय चित्र मोनालिसा इटालीमा नै बस्नुपर्छ ।” तर पिरुगियालाई फ्रान्सका तत्कालीन राजाले उक्त चित्र लियोनार्दोबाट खरिद गरिसकेको कुरा थाहा थिएन ।

    अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको विशेष अनुरोधमा सन् १९६२ डिसेम्बरदेखि १९६३ मार्चसम्म मोनालिसालाई न्युयोर्क सहर र वासिङ्टन डिसी पु¥याइएको थियो । पूर्ण सुरक्षित पानीजहाजमा असी किलोको बाक्साभित्र ४८ प्रतिशत ह्यूमिडिटी र लगातार १७ सेल्सियस तापक्रम हुने व्यवस्था मिलाएर पेरिसबाट पानीजहाजमा न्युयोर्क पु¥याइएको थियो । अतः मोनालिसालाई वासिङ्गटन डिसीको नेसनल ग्यालरीमा १९६३ जनवरी ८ मा प्रदर्शन गरियो । उक्त दिन राष्ट्रपति केनेडी, ज्याकलिन क्यानेडी, लिन्डन वि. जो.सन, म्याडलिन मालराउक्स र श्रीमती मालराउक्सले मोनालिसा व्यक्ति चित्र हेरेर प्रशंसा गरेका थिए । यो चित्र न्युयोर्कमा सत्र लाख कला पारखी ले अवलोकन गरेका थिए । एक पटकमा चार जना कला पारखी लाई मोनालिसा हेर्न पाँचदेखि सात सेकेन्डको व्यवस्था मिलाइएको थियो ।

    मोनालिसा... मोनालिसा भन्दै मोनालिसालाई प्रेम गर्ने फ्रेन्चका एक कलाकार ल्युक मासपिजोले पेरिसको एक होटलको कोठाको झ्यालबाट हाम्फालेर मृत्युवरण गरेका थिए । उनले आफ्नो सुसाइड नोटमा मोनालिसासँग अगाध प्रेम गरेको कुरा उल्लेख गरेका थिए । त्यसैगरी मोनालिसाको सुन्दरतालाई नष्ट गर्ने प्रयास पनि नगरिएका होइनन् । यस क्रममा सन् १९५६ मा बोलिभियाको एक पर्यटकले ढुङ्गाले हानेर देब्रे हातको कुइनोमा चोट पु¥याएका छन् तर त्यसलाई यथाशीघ्र मर्मत गरिएको थियो । त्यसपछि मोनालिसालाई बुलेट प्रुफ ग्लासभित्र सुरक्षित गरियो । तैपनि एक जना क्रेजी महिलाले मोनालिसाको अनुहारमा रातो पेन्टबाट स्प्रे गर्ने प्रयास गरिन् । यसैगरी अर्की एक रसियन महिलाले पनि सेरामिकबाट सुन्दरता नष्ट गर्ने प्रयास गरिन् । बुलेट प्रुफभित्र सुरक्षित राखिएको हुँदा मोनालिसा विभिन्न आक्रमणबाट बचेकी छन् ।

    विश्वका कला पारखीमध्ये धेरै मोनालिसाको ओठको मुस्कान, आँखाको कौतुहलता र कोमल हातका औँला हेर्न पेरिसको लुभ्र कला सङ्ग्रहालयमा पुग्ने गरेका छन् । बुलेट प्रुफ सिसाभित्र राखिएकी मोनालिसालाई अलिक टाढैबाट हेर्न र तस्बिर खिच्न पाइन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?